२६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026

यूनिटेक हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल नियुक्त

२५ वैशाख, काठमाडाैं ।  युनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएकाे छ । कम्पनीले १०० अंकित दरका ३६ करोड ६७ लाख रुपैयाँबराबरको कुल ३६ लाख ६७ हजार कित्ता आईपीओ ल्याउन लागेकाे हाे ।

युनिटेक हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र युनिटेक हाइड्रोपावरका तर्फबाट प्रबन्ध सञ्चालक विश्वप्रकाश अमात्यले हस्ताक्षर गरेका छन्।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।

प्रकाशित मिति : 12:34