१४ फाल्गुन २०८२, बिहीबार | Fri Feb 27 2026

३० अर्ब १८ करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक, बोलकबोल सोमबार

२४ वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले भोलि वैशाख २५ गते सोमबार ३० अर्ब १८ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ।

केन्द्रीय बैंकले वैशाख २६ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल सोमबार गर्न लागेको हो। राष्ट्र बैंकले २८ दिनका लागि ३ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल २०८० जेठ २३ गते परिपक्क हुनेछ । ९१ दिनका लागि १२ अर्ब १० करोड रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल साउन २३ गते परिपक्क हुनेछ । १८२ दिनका लागि ९ अर्ब रुपैयाँकाे ट्रेजरी बिल जारी गर्नेछ । याे ट्रेजरी बिल कात्तिक २१ गते परिपक्क हुनेछ । साथै, ३६४ दिनका लागि ६ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। याे ट्रेजरी बिल २०८१ वैशाख २५ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन्। ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार १४:३७