७ असार २०८३, आइतबार | Sun Jun 21 2026

बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई गुरासँ लाइफको आग्रह

२२ वैशाख, काठमाडाैं । गुराँस लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न आग्रह गरेको छ।कम्पनीले एक सूचना प्रकाशित गरी आर्थिक वर्ष २०७७/७८को बोनस सेयरमा लाग्ने करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको हो। कम्पनीले गत आर्थिक वर्षकाे मुनाफाबाट सेयरधनीका लागि १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

सेयरधनीले बोनस सेयरको कर बापतको रकम कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता नम्बर २३९०१०१०००६४८४ मा जम्मा गर्न सक्नेछन् । कर बापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नम्बर सम्पर्क नम्बर अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने हुन्छ ।

बोनस सेयरका लागि तिर्नुपर्ने रकमलगायतका विस्तृत जानकारी गुराँस लाइफ र सेयर रजिस्ट्रार एनएमबि क्यापिटलको वेबसाइटमा हेर्न सकिने कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : May 5, 2023 at 11:33 am