नेकपाको सचिवालय बैठक कात्तिक ४ मा, स्थायी कमिटी १२ र १३ गते
२७ असोज, काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीको सचिवालय र स्थायी कमिटीको बैठक दशैँपछिमात्र हुने भएको छ । यसअघि अाज बस्ने भनिएको सचिवालय बैठक कात्ति ४ गते बस्नेगरी सारिएको छ । दुर्इ अध्यक्ष केपी शर्मा अोली र पुष्पकमल दाहाल प्रचण्डको समझदारीमा बैठक कात्तिक ४ गतेका लागि सारिएको हो ।
यसअघि असोज २१ गते सचिवालयको बैठक बसेको थियो । त्यस्तै स्थायी कमिटीको बैठक कात्तिको १२ र १३ गते बस्ने नेकपाले जनाएको छ । सचिवालय बैठकले स्थायी कमिटीको बैठकको एजेण्डा तय गर्नेछ भने यसपटकको स्थायी कमिटी बैठकमा नेताहरूको असन्तुष्टि सुन्ने काम हुनेछ । स्थायी कमिटी माग्दै धेरै नेताले सार्वजनिक अभिव्यक्ति समेत दिएका कारण त्यहाँ नेताहरूले पार्टी एकतामा भएको गतिबिधि र सरकारको गतिबिधिको बारेमा अाफ्नो धारणा राख्नेछन ।
प्रकाशित मिति : २७ आश्विन २०७५, शनिबार ०८:३७