२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

नक्कली शरणार्थी बन्न तयार भएकाहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गराैँः सूर्य थापा

२१ वैशाख, काठमाडाैँ । नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य एवं सांसद सूर्य थापाले नक्कली शरणार्थी बन्न तयार भएकाहरूलाई पनि पक्राउ गरेर अनुसन्धान गर्न माग गरेका छन । सामाजिक सञ्जाल फेसबुकमा लामो टिप्पणी राख्दै थापाले पैसा बुझाएर नक्कली बन्न तयार हुनेहरू पनि कारबाहीको भागिदन हुनुपर्ने बताएका हुन ।

सांसद थापाले उनीहरूकले नक्कली शरणार्थी बन्नका लागि बुझाएको रकम पनि राज्यले जफत गर्नुपर्ने बताएका छन । उनले भनेका छन, ‘नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ।’

सांसद थापाले निदोर्ष फस्न नहुने र अपराधिले कुनै पनि हिसाबमा उनमुक्ति पाउन नहुने बताएका छन । उनले भनेका छन, ‘खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ- गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।’

यस्तो छ थापाको टिप्पणी 

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने धन्दावाल जो कोहीमाथि सप्रमाण कारबाही हुनुपर्छ। साथै, नक्कली शरणार्थी बन्न तयार भएर लाखौं रकम बुझाउने गैरकानुनी काममा संलग्न व्यक्तिहरूमाथि पनि जाहेरी सँगसँगै पक्राउ, अनुसन्धान र कडा कारबाही चलाउनुपर्छ। नेपाली भइकन नक्कली भुटानी शरणार्थी बन्न तयार भई रकम संकलन गर्ने र बुझाउनेहरू पीडित कदापि होइनन्। तिनको रकम जफत गर्नुपर्छ । अनि तिनलाई पक्राउ गरी पुर्पक्षका लागि जेल हालेर मात्रै अनुसन्धानको जारी कारबाही अघि बढाउनु पर्छ। खासमा व्यक्ति कसैको मुख नहेरी भन्नैपर्छ- गैरकानुनी काम गर्ने, गराउने र संलग्न हुने सबै अपराधीहरू हुन्। यसमा निर्दोष कसैलाई फसाउनु हुँदैन र कोही पनि अपराधीले उन्मुक्ति पाउनु हुँदैन।

प्रकाशित मिति : May 4, 2023 at 1:04 pm