७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेमा थप १६ लाख ८३ हजार कित्ता बोनस सेयर सूचीकृत

२० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा थप एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

नेप्सेमा कम्पनीकाे १५ प्रतिशत बोनस बापतको १६ लाख ८३ हजार २५५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। साेही बाेनस सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार १३:३८