२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सूर्योदय वोमी लघुवित्तको सेयर बिक्रीमा, क-कसले दिन पाउछन् आवेदन ?

२० वैशाख, काठमाडाैं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बक्री गर्ने भएकाे छ । कम्पनीले संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेकाे  संस्थापक सेयरधनी रामेश्वरी श्रेष्ठको नाममा रहेकाे २० हजार ९१२ कित्ता गरी कुल १ लाख ६ हजार ९१२ कित्ता सेयर बिक्रीमा  ल्याएकाे हाे ।

उक्त सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सो सेयरको बिक्री मूल्य भने उल्लेख गरेको छैन् ।  साे सेयर खरिद गर्न इच्छुक संस्थाका संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएकोसमयावधिभित्र संस्थापक सेयरधनीहरुबाट उक्त सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा  प्रचलित कानुन बमोजि अन्य सर्वसाधारण तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : May 3, 2023 at 12:28 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/