यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी
१९ वैशाख, काठमाडाैं । साताको दोस्रो कारोबारको दिन पनि सेयर बजारमा ओरालो यात्राले निरन्तता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.२७ अकंले घटेर १८६६.४० बिन्दुमा बन्द भएको छ । आज २७१ कम्पनीको २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुदाँ ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँको कारोबार भएको छ ।
हिमालयन डिष्टिलरीको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन २ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २ करोड २८ लाख, शिवम सिमेन्ट्सको २ करोड १५ लाख, तारागाउँ रिजेन्सी होटलको २ करोड ३ लाख र नबिल बैंकको १ करोड ८० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८०, मंगलवार १५:२६












