२९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026

सिद्धार्थ बैंकको १ लाख बढी कित्ता सेयर बिक्रीमा, सर्वसाधारणले पनि किन्न पाउने

१८ वैशाख, काठमाडाैं । सिद्धार्थ बैंकले केही संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक सेयरधनीकाे नाममा रहेकाे १ लाख ४ हजार ८१३ कित्ता सेयर बिक्रीमा ल्याएकाे हाे ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि बैंकले उक्त सेयर संस्थापक सेयरधनीहरु लागि बिक्री खुला गरेकाे थियाे ।

बैंकले संस्थापक सेयरधनीहरु लागि ३५ दिनभित्र उक्त सेयर खरिदका लागि सूचना जारी गरेकाे थियाे तर संस्थापक सेयरधनीहरुबाट साे सेयर खरिदका लागि आवेदन नपरेपछि बैंकले अन्य व्यक्ति तथा संघसंस्थाका लागि बिक्री खुला गरेको हो।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र काठमाडाैंकाे हात्तीसारस्थित बैंकको केन्द्रीय कार्यालयस्थित कम्पनी सचिवको कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई लिखित आवेदन दिनुपर्नेछ।

प्रकाशित मिति : May 1, 2023 at 1:07 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/