८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

फेरि सुरू भयो वर्षाले रोकिएको खेल

१८ वैशाख, काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वर्षाका कारण रोकिएको एसिसी प्रिमियर कपको फाइनल फेरि सुरू भएको छ। फाइनलमा नेपाल र युएई त्रिवि क्रिकेट मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् ।

टस जितेर नेपालले फिल्डिङ गरिरहेको छ भने, यूएई ब्याटिङमा छ । यूएईले १६ ओभरको समाप्तिमा ६० रन जोडेर ५ विकेट गुमाइसकेको छ । खेल रोकिनु अघि युएईका आसिफ खान १५, बसिर हमिद ६ रनमा क्रिजमा थिए ।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार ११:१०