८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

वर्षाले प्रभावित खेल सुरु

१६ वैशाख, काठमाडाैँ । एसिसी प्रिमियर कप क्रिकेटअन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल वर्षाले अवरुद्ध भएको खेल पुनःसुरु भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको खेल वर्षाका कारण अवरुद्ध भएको ५० ओभरको खेललाई ४२ ओभरमा घटाएर सुरु गरिएको हो । वर्षाका कारण खेल रोकिएको करिब दुई घण्टा भएपछि ओभर घटाइएको थियो ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले २२ दशमलव तीन ओभरमा तीन विकेट गुमाएर एक सय ४१ रन बनाएपछि पानी परेको थियो । नेपालका लागि कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने अर्का आसिफ शेख ३१ तथा भीम शार्की एक रन बनाएर आउट भए । अहिले कप्तान रोहित पौडेल र कुशल मल्ल नेपालका लागि क्रिजमा छन् । पौडेल ३० तथा मल्ल ३२ रन बनाएर अविजित रहेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार १३:१०