अपर स्याङ्गे हाइड्रोपावरले आईपीओ बिक्री गर्ने, बोर्डबाट पायो अनुमति
१४ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासन गर्न अनुमति दिएकाे छ । बोर्डले अप्पर स्याङ्गेलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी कुल ८ लाख ७० हजार कित्ता सेयर बिक्री गर्न अनुमति दिएको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आइपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आइपीओ निष्काशन गर्नेछ । कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार १३:०९













