प्रि ओपन सेसनमा झिनाे अंकले बढ्यो नेप्से
१४ वैशाख, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १३.६८ अंकले बढेर १८९२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.९४ अंकले बढेर १८९२.९४ विन्दुमा पुगेको छ।
बिहीबार प्रि ओपन सेसनमा ९ स्टकको ५ लाख ९८ हजार २८० रुपैयाँ ६० पैसा बराबरको २ हजार ७०४ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 27, 2023 at 11:08 am









