हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद जारी गर्ने, धितोपत्र बोर्डबाट पायाे अनुमति
१४ वैशाख, काठमाडाैं । नेपाल धितोपत्र बोर्ड (सेबोन) हिमाल दोलखा हाइड्रोपावर कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएकाे छ । धितोपत्र बोर्डले कम्पनीलाई चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएकाे हाे ।
धितोपत्र बोर्डकाे अनुमतिसँगै अब कम्पनीले १ः.०.७५ प्रतिशत अर्थात चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद सेयर आफ्ना सेयरधनीहरुका लागि जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख रुपैयाँ कित्ता सेयर बिक्री गर्ने छ । कम्पनीकाे हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
प्रकाशित मिति : १४ बैशाख २०८०, बिहीबार ११:०४












