यी हुन् आज सर्वाधिक काराेबार हुने कम्पनी
१३ वैशाख, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.६८ अकंले घटेर १८९२.०० बिन्दुमा बन्द भएको छ । सेयर बजारसँगै काराेबार रकम पनि घटेकाे छ । आज सेयर बजारमा जम्मा ८४ करोड २५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
साे रकम बराबरकाे काराेबार हुँदा आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ७ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, तारागाउँ रिजेन्सी होटलको ३ करोड ९० लाख, एभरेष्ट बैंकको ३ करोड १७ लाख, हिमालयन डिष्टिलरीको २ करोड ६० लाख र नबिल बैंकको २ करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १५:१२












