२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई निरन्तरता

१३ वैशाख, काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बास्डरमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । २०७६ सालदेखि नेपाल बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्त भएका राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष पुनसँगको सम्झौता अवधि पुनः १ वर्ष थप गरिएको छ ।

बुधबार प्रधान कार्यालय, काठमाडौंमा आयोजित एक समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनबीच ब्राण्ड एम्बास्डर नवीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।  उक्त कार्यक्रममा एम्बास्डरमा नियुक्त डा. महावीर पुनले नेपालको बैकिङ्ग क्षेत्रको गौरवमय इतिहास बोकेको नेपाल बैकजस्तो संस्थामा ब्राण्ड एम्बास्डरको रुपमा पुनः नियुक्त हुन पाएकोमा खुसी लागेको बताए ।

उनले नेपाल बैंकले देखाएको सम्मान र सहयोगप्रति आभार व्यक्त गर्दै नेपाल बैंकको श्री वृद्धिमा आफ्नो सक्दो योगदान रहने बताए ।त्यसैगरी प्रमुख कार्यकारी अधिकृत अधिकारीले डा. पुनजस्तो विशिष्ट ब्यक्तित्व साथै आम नेपालीको प्रेरणाको श्रोतलाई नेपाल बैंकको ब्राण्ड एम्बासडरको रुपमा निरन्तरता दिन पाउनु आफैमा गर्वको विषय भएको बताए । अधिकारीले डा. पुनले नेपाल बैंक छनौट गरेकोमा आभार व्यक्त गरेका थिए ।

नेपालभर २२८ शाखाहरु, २०३ एटिएम साथै ५२ एक्सटेन्सन काउन्टर मार्फत करिब २३ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याइरहेको छ ।

प्रकाशित मिति : 14:40