नेप्सेमा तीन कम्पनीको बोनस सेयर सूचिकृत, कुनको कति ?
१२ वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार २ इन्स्योरेन्स कम्पनी र एक हाइड्रो कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । नेप्सेमा मंगलबार सगरमाथा इन्स्योरेन्स, लुम्बिनी जेनरल इन्स्योरेन्स र नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे हाे ।
१) सगरमाथा इन्स्योरेन्स
नेप्सेमा सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.४० प्रतिशत बोनस बापतको १६ लाख ५३ हजार ६ सय ९९ दशमलब ९६ कित्ता सेयर सूचीकृत भएको हो ।
२) लुम्बिनी जनरल इन्स्योरेन्स
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६.९९ प्रतिशत बोनस बापतको ९ लाख १७ हजार ६४४.५० कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
३) नेपाल हाइड्रो डेभलपर लिमिटेड
नेप्सेमा नेपाल हाइड्रो डेभलपर लिमिटेड कम्पनीकाे ५ प्रतिशत बोनस बापतको १ लाख ५९ हजार ९६५ कित्ता सेयर सूचिकृत भएको हो ।
त्यस्तै आज लुम्बिनी जेनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ६.९९ प्रतिशत बोनसबापतको ९ लाख १७ हजार ६ सय ४४ दशमलब ५० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १६:४३












