१२ जेष्ठ २०८१, शनिबार | Sat May 25 2024

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख


१२ बैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य सुधारोन्मुख रहेको र उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको तथा अन्य केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।

उनकाे हाल भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेन्स (एम्स) मा भर्ना भई उपचाररत छन । राष्ट्रपति पौडेल यही वैशाख ६ गते थप उपचारका लागि भारत गएका थिए । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्य सुधारोन्मुख रहेको छ ।

एन्टिबायोटिकको प्रयोगका कारण राष्ट्रपति पौडेल केही शिथिल भए पनि सामान्य हिँड्डुल गर्ने अवस्थामा रहेको खबर  परिवारका सदस्यबाट अवगत भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:५२