६ पुष २०८२, आईतवार | Mon Dec 22 2025

हलियाली छाएकाे बजारमा मंगलबार यी हुन् सर्वाधिक कारोबार भएका कम्पनी

१२ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार पनि सेयर बजारमा हलियाली छाएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.३६ अकंले बढेर १९०५.६८ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा जम्मा ८८ करोड २५ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । साे रकम बराबरकाे काराेबार हुँदा आज शिवम् सिमेन्ट्सको सर्वाधिक काराेबार भएकाे छ । कम्पनीले यस दिन ७ करोड ४ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, कालिञ्चोक दर्शनको ३ करोड एक लाख रुपैयाँ, नबिल बैंकको २ करोड ६९ लाख, हिमालयन डिष्टिलरीको २ करोड ३६ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलवार १५:१४