१६ जेष्ठ २०८३, शनिबार | Sat May 30 2026

प्रभु बैंकका ग्राहकलाई सौभाग्य हस्पिटलमा आकर्षक छुट

१२ वैशाख, काठमाडाैं । प्रभु बैंक लिमिटेडका ग्राहकलाई कैलालीको धनगढी–२ स्थित सौभाग्य हस्पिटल एन्ड रिसर्च सेन्टरका विभिन्न सेवामा विशेष छुट हुने भएको छ।

छुटसम्बन्धी सम्झौतापत्रमा बैंकका तर्फबाट धनगढी ३१८ शाखा कार्यालय प्रमुख नगेन्द्ररत्न कोइराला र सौभाग्य हस्पिटलका तर्फबाट अध्यक्ष दिनेशराज जैसीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले सौभाग्य हस्पिटलद्वारा सञ्चालित ओपीडी परीक्षण सेवामा १५ प्रतिशत, प्याथोलोजी, एक्स–रे, यूएसजी, एन्डोस्कोपी, नर्मल बेड, एचडीयू बेड, एसी क्याबिन, सर्जरी, कोलोनोस्कोपी, आईसीयू/एनआईसीयू सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ। प्रभु बैंकका ग्राहकले ५ प्रतिशत छुट फार्मेसीबाट पनि पाउनेछन्।

उक्त सम्झौताअन्तर्गत सौभाग्य हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुुनेमा बैंक विश्वस्त छ।

प्रकाशित मिति : April 25, 2023 at 1:25 pm