२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

तनहुँ–१ उपनिर्वाचन: रास्वपाको अग्रता कायमै

११ बैशाख, डुम्रे । तनहुँ क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतगणना जारी छ । जारी मतगणनाअनुसार  ३७ हजार आठ सय ४१ मतगणना गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १९ हजार दुई सय ४९ मत प्राप्त गरेका छन ।

नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ११ हजार दुई सय ७९ र नेकपा (एमाले)का सर्वेन्द्र खनालले छ हजार एक सय ५२ मत ल्याएका छन ।

गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा तनहुँ–१ बाट नेपाली कांग्रेसबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन भएको हो । कूल एक लाख २३ हजार तीन सय पाँच मतदातामध्ये कूल ६५ हजार ९९ मत खसेको छ । ४२ वटामध्ये हालसम्म २६ वडाको मतगणना सकिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १८:५६