१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

हरियाली छाएकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार

११ वैशाख, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा हरियाली छाएकाे छ । निरन्तर ओरालाे लागेकाे बजारमा साेमबार भने झिनाे अंककाे सुधार आएकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७१ अकंले बढेर १८८८.३२ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा जम्मा ७५ करोड १३ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । उक्त रकम बराबरकाे काराेबार हुँदा कालिञ्चोक दर्शन लिमिटेडको आज सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे यस दिन ८ करोड ८१ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको २ करोड ९९ लाख, नबिल बैंकको २ करोड १५ लाख, एनआइसी एशिया बैंकको १ करोड ८९ लाख र हिमालयन डिष्टिलरीको १ करोड ६८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : April 24, 2023 at 3:11 pm