८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

किन लिन छाडे बैंकहरुले राष्ट्र बैंकसँग अल्पकालीन सापटी ?

११ वैशाख, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) लिन छाडेका छन् । बैंकहरूले नयाँ बर्ष २०८० लागेसँगै राष्ट्र बैंकसँग स्थायी तरलता सुविधा (एसएलएफ) लिन छाडेका हुन् ।

बैंक तथा वित्तीय संस्थाहरूको अनुरोधमा आकस्मिक तरलता व्यवस्थापनका लागि सरकारी ऋणपत्रको धितोमा नेपाल राष्ट्र बैंकबाट निर्धारित अवधिसम्मका लागि प्रदान गरिने तरलता सुविधा नै स्थायी तरलता सुविधा हो । तरलता अभावमा रहेको बेला बैंकले स्थायी तरलता सुविधा बढी प्रयोग गर्ने गर्छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुले  चैत ३० गते अन्तिम पटक सापटी लिएका थिए । साे दिन बैंकहरूले ६ करोडमात्र तरलता सुविधा लिएका छन् । चैतभित्र बैंकहरूले ११ पटकमा ७ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएको राष्ट्र बैंकले जनाएको छ ।

साउनदेखि चैतसम्म २७ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ अल्पकालीन सापटी लिएका छन् । बैंकहरुमा लगानीयोग्य रकम बढेसँगै पछिल्लो समय बैंकहरुले अल्पकालीन सापटीमा खासै चासो देखाएका छैनन् । बैंकर्सहरुका अनुसार हाल बैंकहरुमा २ खर्बभन्दा बढी लगानीयोग्य रकम रहेको छ ।

तर, लगानीयोग्य रकम भए पनि ऋण नउठ्ने समस्या बढेपछि बैंकहरु थप लगानी गर्न डराइरहेको देखिन्छ । चैतसम्म बैंकहरुको कर्जाको ब्याज तथा किस्ता असुलीमा समस्या हुँदा खराब कर्जा ह्वात्तै बढेको छ ।

 छ ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार १४:१४