५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

टर्की डुङ्गा दुर्घटनामा वेपत्ता भएका दशजनाको अवस्था अझै अज्ञात


१ फागुन, काठमाडौँ । उत्तरपश्चिमी टर्कीको एक नदीमा मङ्गलबार भएको एक डुङ्गा दुर्घटनामा परी कम्तीमा १० व्यक्ति बेपत्ता भएका छन । यस दुर्घटनामा बेपत्ता भएका व्यक्तिहरुमा बालबालिकासमेत रहेका बताइएको छ । ती सबै व्यक्तिहरुले गैरकानूनी रुपमा बसाईसराई गर्न लागेका बताइएको छ । ती सबै टर्कीको इदिर्रे प्रान्तबाट ग्रीस पुग्ने क्रममा रहेका थिए ।

टर्कीका सैनिकहरुका अनुसार दुर्घटना भएको सो अवस्थामा महिलाहरु ‘मेरो बच्चालाई बचाई देउ’ भन्नेर चिच्याएको आवाज आएको थियो । उद्धारकार्यमा कार्यरत कार्यकर्ताहरुले लुगाका केही टुक्राहरु मात्र भेटाएका सो टुक्राहरु ती गैरकानूनी आप्रवासीको हुनुपर्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७४, मंगलवार २१:२८