७ पुष २०८२, सोमबार | Mon Dec 22 2025

नेप्सेले गर्यो दुई इन्स्योरेन्स कम्पनीको परिवर्तित शेयर संरचना अभिलेख

१० वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई जीवन बीमा कम्पनीको परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको छ । नेप्सेले युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सको शेयर संरचना अभिलेख गरेको हो ।

नेप्सेमा सूचीकृत प्राइम लाइफको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता सेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको सेशेयर संरचना परितर्वन गरिएको हो ।

अब प्राइम लाइफको संस्थापक समूहको सेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको सेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ कित्ता सेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

त्यसैगरी, प्राइम लाइफ इन्स्योरेन्सको कुल ३ करोड १४ लाख ९ हजार ६५७ कित्ता सेयर कायम रहेकोमा नेपाल बीमा प्राधिकरणबाट सेयर संरचना परिवर्तन गर्ने सहमतिको पत्र, नेपाल धितोपत्र बोर्डको पुँजी संरचना परिवर्तन अभिलेख र कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रबन्धपत्र नियमावलीमा संशोधन भएअनुसार प्राइम लाइफको सेयर संरचना परितर्वन गरिएको हो ।

अब प्राइम लाइफको संस्थापक समूहको सेयरको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयरको हिस्सा ४९ प्रतिशत कायम रहने गरी संस्थापक समूहको कुल २८ लाख २६ हजार ८६९ कित्ता सेयर आजदेखि सर्वसाधारण समूहमा अभिलेख गरी सोही समूह अन्तर्गत कारोबार योग्य भएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८०, आईतवार १४:२८