प्रि ओपन सेसनमा झिनो अंकले बढ्यो नेप्से
१० वैशाख, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १५.७३ अंकले घटेर १९०४.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.५४ अंकले बढेर १९०४.९४ विन्दुमा पुगेको छ।
आइतबार प्रि ओपन सेसनमा ६ स्टकको २ लाख ५७ हजार ४९६ रुपैयाँ बराबरको १ हजार १११ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : April 23, 2023 at 11:15 am









