१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कर्णालीमा कांग्रेसको प्रमुख सचेतकमा विष्ट

८ बैशाख, कर्णाली । नेपाली कांग्रेस कर्णाली प्रदेशको प्रमुख सचेतकमा प्रदेशसभा सदस्य हिक्मत विष्टलाई चयन गरिएको छ ।

नेपाली कांग्रेस प्रदेशसभा दलको बिहीबार बसेको बैठकले सदस्य विष्टलाई दलको प्रमुख सचेतक चयन गरेको हो । प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवं दलका नेता जीवनबहादुर शाहीले दलको बैठकले सबैको सहमतिमा विष्टलाई उक्त पदमा चयन गरेको जानकारी दिए ।
विष्ट कालीकोट प्रदेश–२ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार १३:५५