१३ मंसिर २०८१, बिहीबार | Thu Nov 28 2024

नेकपाबाटै अस्थिरताको सुरूवात, चोरबाटोबाट सांसद बन्ने बामदेवको प्रयासमा ब्रेक

२५ असोज, काठमाडाैँ । काठमाडाैँ क्षेत्र नम्बर ७ का सांसद रामवीर मानन्धरलार्इ राजिनामा गराएर चुनाव लड्ने नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गाैतमको प्रयासमा ब्रेक लागेको छ । पूर्व एमालेभित्र फुटाउको राजनीति गर्न तत्म्सिएका प्रचण्ड समेत तत्कालका लागि असफल बनेका छन । अाफूले माअोवादीबाट ल्याएका राम्रो भनिएका नेताहरूले साथ छाडेपछि प्रचण्डले एक्लो महशुष गरिरहेका थिए । उनले त्यहीक्रममा बामदेवका निम्ति अोली गुटका सांसदकै बलि दिएर बामदेवलार्इ खुशी बनाउने प्रयत्न गरेका थिए । उनले बुधबार पाथीभरा सद्भावनादूतको परिचयपत्र बितरण कार्यक्रममा योगेशलार्इ मन्त्री बनाउने भन्दै फेरि अर्को कार्ड प्रयोग गरेका छन । अाफू सक्रिय रहेको गुटका नेता माधवकुमार नेपालको ठेगान नभएपछि योगेश पछिल्लो पटक प्रचण्ड निकट हुन खोजेका छन ।

काठमाडाैँ ७ को उपचुनावको चर्चासँगै नेकपामा भित्रैबाट अस्थिरताका लागि अनेक खेलहरू सुरू भएका छन । कतिसम्म भने नेताहरूको व्यवस्थापनको नाममा सभामुखदेखि राष्ट्रपतिसम्म परिवर्तन गरेर जाने विषयमा बामदेव र प्रचण्डको बीचमा छलफल भएको छ । अस्थिरताको जग हाल्नकै निम्ति प्रचण्डले रामवीरको राजिनामा खल्तीमा बोकेर हिडेँको अारोप समेत लागेको छ । यसको सुइको पाएको पूर्व एमाले समूहले बामदेवका निम्ति अहिले उपचुनाव भए त्यो अात्मघाती हुने बताएको छ । 

प्रचण्ड र बामदेव गाैतम बाहेकका ७ जना सचिवालय सदस्य नै उपचुनावको विपक्षामा पुग्दा काठमाडौं–७ को चर्चा तत्कालका लागि अन्त्य भएको छ । गौतमको उम्मेदवारीलाई लिएर नेकपाभित्र तीब्र अन्तरविरोध भएपछि सचिवालयका ९ सदस्रयमध्ये ७ जना एकातिर र २ जना एकातिर भएका छन । काठमाडाैँमा रामवीरिवरूद्धमा अनेकखालका अाक्रोश देखिएका छन भने बामदेवविरूद्ध सबै जसो मान्छे बिरोधमा उत्रिएका छन । कतिपयले त बामदेबलार्इ सांसद बनाउने नाममा हुने चुनाव खर्च झण्डै ११ करोड कसले तिर्ने भन्ने प्रश्न समेत उठाएका छन ।

बामदेवको चुनावी चर्चा चुलिँदै जाँदा नेकपाका नेता भीम रावलले पार्टी नेतृत्वलार्इ गलत निर्य नगर्न चेतावनी दिएका थिए । त्यस्तै उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले दूर्भाग्यपूर्ण अवस्था अाएको भन्दै पार्टी एकतामा एक हुन अपिल गरेका थिए ।

अाम पार्टी कार्यकर्ता र जनतासमेत बिरोधमा देखिएपछि बामदेवका लागि काठमाडाैँबाट सांसद बन्ने बाटो तत्कालका लागि बन्द भएको छ भने पैसामा बिकेर राजिनामा दिएकोदेखि भारतीय दूतावसले पुतली बनाएर अडाएको अारोप समेत खेपेका रामवीरको राजनीति करिब समाप्त भएको छ । अब न रामवीरका लागि भोलिका दिनमा क्षेत्र नम्बर ७ अनुकुल रहेको छ नत पार्टीमा भनेको जस्तो पद पाउन नै सहज छ । रामवीरविरूद्ध अहिले सबैभन्दा बढी अाक्रोशित उनकै निर्वाचन क्षेत्रका जनता भएका छन । त्यसको असर उनले कालान्तरसम्म व्यहोर्ने निश्चित छ ।

प्रकाशित मिति : २५ आश्विन २०७५, बिहीबार १४:५२