७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नबिल बैंककाे नाफा ५ अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडाैं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ५२.६३ प्रतिशतले बढेकाे छ । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खुद नाफा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड रुपैयाँ रहेको थियो। याे अवधिमा बैंककाे सञ्चालन मुनाफा ७ अर्ब ४८ करोड रुपैयाँ रहेकाे छ । जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५६.५४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिसम्म बैंककाे सञ्चालन मुनाफा ४ अर्ब ७८ करोड रुपैयाँ रहेकाे थियो।

साे अवधिमा बैंकको खुद ब्याज आम्दानी ८३.६२ प्रतिशतले बढेर १२ अर्ब १० करोड रुपैयाँ पुगेकाे छ। अघिल्लो वर्ष बैंककाे खुद ब्याज आम्दानी ६ अर्ब ५९ करोड रुपैयाँमा सीमित थियो।

बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ रहेकाे छ भने रिजर्भको आकार ६.१५ प्रतिशतले घटेर २५ अर्ब ५७ करोड रुपैयाँमा पुगेकाे छ ।  अघिल्लो वर्ष बैंककाे रिजर्भमा २७ अर्ब २४ करोड रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल)भने बढेर ३.८७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.१४ प्रतिशतमा सीमित थियो।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ८२ पैसा बढेर २५ रुपैयाँ २१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २४.५५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०१ रुपैयाँ ७ पैसा रहेको छ।

प्रकाशित मिति : April 20, 2023 at 10:33 am