१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

अरुण भ्यालीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने

६ वैशाख, काठमाडाैं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने भएको छ । आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीकाे १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ।

कम्पनीले चुक्तापुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको १०० प्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो। यसका लागि विद्युत नियमन आयोगमा पूवीस्वीकृतिका लागि आवेदन दिे निर्णय पनि कम्पनीले गरेको छ।

उक्त हकप्रद सेयर बिक्रीबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ पिके हाइड्रोपावर प्रालिले विकास गर्दै गरेको लिखु खोला जलविद्युत आयोजना (३० मे.वा.)को निर्माणका लागि आवश्यक पर्ने स्वपुँजीका लागि पिके हाइड्रोपावरको संस्थापक सेयरमा लगानी गर्ने निर्णय गरेकाे कम्पनीले जनाएको छ।

यसैगरी बाँकी रकम ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा रहेको काबेली बी–१ क्यासकेड जलविद्युत आयोजनाको निर्माण चरणमा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्नका लागि उपयोग गर्ने निर्णय कम्पनीले गरेको छ।

विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि कम्पनीको विशेष साधारणसभाबाट हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेकाे कम्पनीले जनाएकाे छ ।

प्रकाशित मिति : April 19, 2023 at 4:34 pm