५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

आफ्नै देशको काठ कुहाएर विदेशबाट काठ आयातगर्नु अनुचितः सांसद दाहाल

६ वैशाख, काठमााडौं । सांसद लेखनाथ दाहालले आफ्नै देशको काठ कुहाएर विदेशबाट काठ आयात गर्नु उचित नहुने बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा सांसद दाहालले अरबौँको काठको आयातलाई रोकेर देशमै रहेको काठको प्रयोग गर्न उपयुक्त वातावरण बनाउन सरकारलाई आग्रह गरे ।

उनले भने‘ अहिले अरबौँको काठ आउँदै छ भन्ने मैले सुनेको छु । त्यो आउँदै गरेको काठको आयातलाई रोक्नुपर्यो र हाम्रो देशमै रहेको काठको प्रयोग गर्न उपयुक्त वातावरण बनाउन आग्रह गर्छु ।’ सांसद दाहालले सरकार संसदप्रति उत्तरदायी हुनुपर्ने पनि बताए । उनले सरकारको नीति योजना र बजेट केन्द्रीकरण नभए संसद सांसदहरुको नहुने टिप्पणी गरे ।

उनले भने‘ संसद जनताप्रति उत्तरदायी हुन्छ र सरकार संसदप्रति उत्तरदायी हुनुपर्छ संसद विश्लेषण हो भने, सरकार संश्लेषण हो । संसदमा देशभरिको समस्याको केन्द्रिकरण हामी संसदमा गर्छौ,त्यो समस्याको प्राथमिकीकरण गरेर समाधानका उपायसहित सरकारले नीति योजना कार्यक्रम र बजेटमा केन्द्रित हुनुपर्छ त्यसो गरियो भने मात्र संसद सच्चारुपमा सांसदहरुको हुन्छ ।’ सांसद दाहालले सांसदहरुको भूमिका संकुचित नबनाउन पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : 14:57