प्रि ओपन सेसनमा १.६४ अंकले घट्यो नेप्से
६ वैशाख, काठमाडाैं । साताकाे चाैथाे काराेबारकाे दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनाे अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.०७ अंकले घटेर १९०४.९८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.६४ अंकले घटेर १९०३.३५ विन्दुमा पुगेकाे छ ।
बुधबार प्रि ओपन सेसनमा ६ स्टकको ६२ हजार ६३७ रुपैयाँ ४५ पैसाबराबरको ३१९ कित्ता सेयर किनबेच भएको छ। जसमध्ये २ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ।
प्रकाशित मिति : April 19, 2023 at 10:58 am









