५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन

६ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल गर्न बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ । आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठक निष्कर्षविहीन भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिनाले बताए ।

 बैठकमा प्रधामन्त्तीसहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा रानार कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

प्रकाशित मिति : 10:28