३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक जारी

६ वैशाख, काठमाडौं । संवैधानिक परिषद्को बैठक सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा जारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षमा परिषद्को बैठक बसेको हो ।

बैठकमा सर्बोच्च अदालतका प्रधानन्यायधिश नियुक्तिदेखि खाली रहेका सबैधानिक निकायमा पदाधिकारी नियुक्तीसम्मका सम्वन्धमा छलफल हुने कार्यसुची रहेको छ ।

सम्भवतः आजैको बैठकले प्रधानन्यायधिश नियुक्तिका लागि सिफारिस गर्नेछ । बैठकमा प्रधामन्त्तीसहित विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा रानार कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा प्रधानमन्त्री दाहालसहित काँग्रेस सभापति शेरबहादुर देउवासहितको बैठक बसेका थियो । बैठकमा प्रधानन्यायधिश नियुक्तको बिषयमा छलफल भएको थियो । प्रधानन्यायधिश तत्काल नियुक्त गर्न भन्दै नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले दवाव दिँदै आएका छन् ।

प्रकाशित मिति : April 19, 2023 at 9:47 am