१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

सङ्खुवासभामा कोशी प्रदेश स्तरीय ब्याडमिन्टन

६ बैशाख, किमाथाङ्का कोशी प्रदेश स्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता सङ्खुवासभाको सदरमुकाम खाँदबारीमा हुने भएको छ ।

खेलकुद मार्फत जिल्लाको पर्यटन प्रवद्र्धन गराउने उद्देश्यका साथ सो प्रतियोगिता यही वैशाख १५ देखि १७ गतेसम्म सञ्चालन हुने आयोजक तीन पोखरी समाज विकास क्लबका अध्यक्ष मिनेश चापागाईँले जानकारी दिए। प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने दुई टोलीलाई रु १०÷१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

ब्याडमिन्टन प्रतियोगिता खाँदबारी–१ स्थित कभर्डहलमा सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।

प्रकाशित मिति : April 19, 2023 at 9:38 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/