१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

राष्ट्रियसभा अध्यक्षको प्रेस सल्लाहकारमा शर्मा

५ बैशाख, काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद शर्माको प्रेस सल्लाहकारमा दुर्गाप्रसाद शर्मा नियुक्त भएका छन । तिमिल्सिनाले शर्मालाई मङ्गलबार प्रेस सल्लाहकार नियुक्त गरेका छन ।

पर्वत निवासी शर्मा २४ वर्षदेखि पत्रकारितामा छन । विसं २०५६ मा न्यू धौलागिरि दैनिकबाट पत्रकारिता सुरु गरेका शर्मा यसअघि न्यू कालीगण्डकी दैनिकका सम्पादक थिए। उनले नेपाल समाचार पत्र, पोखरापत्र दैनिक, ढोरपाटन दैनिक, उज्यालो एफएम, नेपाल वान टेलिभिजन, एबीसी टेलिभिजन, न्यूज २४ टेलिभिजन, दृष्टि साप्ताहिकलगायतका सञ्चार संस्थामा काम गरेका छन । शर्मा प्रेस चौतारी नेपालको पूर्ववरिष्ठ उपाध्यक्षसमेत रहेका छन ।

प्रकाशित मिति : April 18, 2023 at 5:29 pm