२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट जाँदै प्रधानमन्त्री प्रचण्ड

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट जान लागेका छन् ।प्रधानमन्त्री सचिवालयका अनुसार दाहाल सोमवार बिहान ओली निवास बालकोट जाँदैछन् ।

भाइरल ज्वरोका कारण एमाले अध्यक्ष ओली अहिले विरामी छन् । भेटका क्रममा संसदमा अड्किएर बसेको बिभिन्न विधेयकका सम्वन्धमा छलफल हुने तयारी छ ।

संसदमा संवैधानिक परिषद सम्बन्धी विधेयक, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयक बिचाराधिन छ । काँग्रेस सभापति शेरबहादुर देउवा पनि आजै ओलीलाई भेट्न बालकोट जाने तयारीमा छन्

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार ०९:४३