२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

नेकपा एसले कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने

१ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले कम्युनिष्ट पार्टी स्थानपना दिवसको अवसरमा विशेष कार्यक्रम गर्ने भएको छ ।शुक्रबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानी गर्दै, २००६ साल अप्रिल २२ मा कम्युनिष्ट पार्टी स्थापनाको सम्झना स्वरुप काठमाडौंमा विशेष कार्यक्रम आयोजना गर्ने निर्णय भएको उनले बताए ।

उनले भने ‘कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने भन्ने हाम्रो पार्टीले निर्णय गरेको छ । काठमाडौंमा एउटा केन्द्रीय कार्यक्रम हुनेछ । त्यस्तै प्रदेश र जिल्लामा आ आफ्नो अनुकुलता अनुसार कार्यक्रम हुनेछन् । देश व्यापी रुपमा कार्यक्रम गर्न पार्टीले निर्देशन दिएको छ ।’ उनले पार्टी स्थापनाको अवसरमा नेता न्यौपानेको प्रस्ताव पार्टी विपरीत भएको बताए।

त्यस्तै उनले पार्टी छोडेर गएका नेता मुकुन्द न्यौपानेको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय गरेको जानकारी थिए । नेता न्यौपानेले पार्टीमा राखेको प्रस्तावमाथि छलफल नगरेको भन्दै लगाएको आरोप खण्डन गर्न समेत लायक नभएको उनको भनााई ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार १६:०३