२४ आश्विन २०८१, बिहीबार | Thu Oct 10 2024

टी-२० विश्वकपको एसिया छनोटः नेपालको लगातार चाैँथाे जित

२३ असोज, काठमाडाैँँ । टी-२० विश्वकपको एसिया छनोट ‘बी’मा नेपालले भुटानमाथि सहज जित निकाल्दै प्रतियोगितामा लगातार चौथो जित हात पारेकाे छ । नेपालले भुटानलाई ११७ रनको फराकिलो अन्तरले हराएको हो ।

१५१ रनको लक्ष्य पछ्याएको भुटानले १६.४ ओभरमा सबै विकेट गुमाएर मात्र ३३ रन बनाउन सक्यो । भुटानलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछाने, ललितनारायण राजवंशीले समान ३-३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्रसिंह ऐरी र शरद भेषावकरले एक-एक विकट लिए ।

प्रकाशित मिति : २३ आश्विन २०७५, मंगलवार १२:५०