ईसाईकरणको सबैभन्दा नकारात्मक प्रभाव किराँत समूदायमाः अध्यक्ष थापा
२९ चैत, काठमाडौँ । ईसाईकरणको सबैभन्दा नकारात्मक प्रभाव किराँत समूदायमा परेको छ । पछिल्लो समय विभिन्न प्रलोभवनमा पारेर नेपाली नागरिकहलाई ईसाई धर्म रोज्न लगाउने प्रवृति बढेपछि त्यसको प्रमुख मारमा किराँत समूदाय परेको राप्रपा नेपालका अध्यक्ष कमल थपाले बताएका छन । उनले पहिचान नै सकिने गरी भैरहेको धर्म र संस्कृतिप्रतिको आक्रमणबारे गम्भीर हुन अपिल समेत गरेका छन । बुधबार सामाजिक सञ्जाल मार्फत अध्यक्ष थापाले यस्तो अपिल गरेका हुन ।
थापाको अपिल यस्तो छ ।
कोशी प्रदेश नामाकरणको विरोधमा केही किरांती नेता र संस्थाहरुले चलाईरहनु भएको आन्दोलन प्रति मेरो कुनै टिप्पणी छैन। त्यो उहॅाहरुको संविधान प्रदत्त अधिकार हो। तर, उहॅाहरुसंग मेरो अनुरोध छ, उहॅाहरुले खोजिरहेको पहिचानको आधार विस्तारै खस्कंदै गएको वारे समेत जानकारी वा चेतना राखिदिनु भए बेश हुनेथियो। किरॅात वा लिम्बु पहिचानको आधार मुन्धम,किरॅात धर्म संस्कृति र परम्परा हो। विगत केही वर्ष यता भैरहेको योजनावद्ध र संगठित धर्मपरिवर्तनको डढेंलोको सबैभन्दा बढि नकरात्मक प्रभाव किरॅात समुदायमा परेको छ। २०६८ को जनगणनामा कुल जनसंख्याको ३ प्रतिशत रहेको नेपालको तेस्रो किरॅात धार्मिक समुदाय पछिल्लो जनगणना अनुसार करिव १.५ प्रतिशतमा खुम्चेको र पांचौ स्थानमा झरेको अनुमान गरिएको छ। हिन्दु र बुद्धिष्टहरुको संख्या पनि निकै घटेको छ। यस्तो संवेदनशील विषयमा दल, संसद, सरकार र धार्मिक सांस्कृतिक संस्थाहरुको गंभीर ध्यान गएको देखिन्न। किरॅात धर्म संस्कृति र किरॅात/लिम्बुहरुको पहिचान नै सकिए पछि प्रदेशको नामाकरणको अर्थ नै के रहन्छ र! यसवारे ध्यान दिन सम्बद्ध सबैसंग आग्रह गर्दछु।
प्रकाशित मिति : April 12, 2023 at 3:14 pm









