३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026

११० रुपैयाँमा सेयर बिक्री गर्दै कुमारी बैंक, सर्वसाधारणले पनि किन्न पाउने

२८ चैत, काठमाडाैं । कुमारी बैंकले केही संस्थापक सेयर बिक्री गर्ने भएकाे छ । बैंकले वैशाख ५ गतेबाट ७२ हजार ६४४ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेकाे हाे । उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण र अन्य संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

इच्छुक लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि वैशाख ११ गतेसम्म आवेदन दिन सक्नेछन्। इच्छुक लगानीकर्ताले काठमाडाैंकाे नक्सालस्थित धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलमा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : 14:20