३ असार २०८१, सोमबार | Mon Jun 17 2024

अनेमसंघको अध्यक्षमा टुका हामाल, महासचिवमा पेम्बा लामा र कोषाध्यक्षमा इन्दिरा फुयाँल


२७ चैत, काठमाडौँ । नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघको अध्यक्षमा टुका हामाल चयन भएकी छिन । आइतबार काठमाडौँमा सम्पन्न संघको सातौँ महाधिवेशनले हमालको नेतृत्वमा २२५ सदस्यीय नयाँ समिति चयन गरेको हो ।

महाधिवेशनबाट उपाध्यक्षमा शर्मिला कार्की, डा।बिमला राई पौडेल, रूक्मनी राना, मेनुका काफ्ले, मेनुका पोख्रेल, सुमित्रा बिसी चयन भएका छन । महाधिवेशनबाट उर्जावान नेतृ पेम्बा लामा महासचिवमा चयन भएकी छिन । त्यस्तै उपमहासचिवमा शान्ति अधिकारी र कोषाध्यक्षमा इन्दिरा फुयाँल चयन भएकी छिन । त्यस्तै सचिवमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, विना जनवाली, मीना रखाल, आशा बि.क. चयन भएका छन ।

अध्यक्षको दौडमा थममाया थापा पनि रहेकोसचिवमा विणा राई, विना साह, शारदा कुमाल, नरदेवि पुन, विना जनवाली, मीना रखाल, आशा बि.क. चयन भएका छन ।

भए पनि पार्टी नेतृत्वको अनुदार नीतिका कारण उनले सहमतिको नाममा अवसर पाइनन भने प्रतिस्पर्धाका लागि अवसर पाइनन् । उपाध्यक्षमा चयन भएकी कार्की महासचिवको दौडमा रहेको भए पनि पार्टी नेतृत्वले उपाध्यक्षमा भन्दा बाहिर उम्मेदवारी नदिन निर्देशन दिएपछि उपाध्यक्षमा बस्न राजी भएकी थिइन ।

त्यस्तै महासचिवकै दौडमा रहेकी एमाले महासचिव शंकर पोखरेल पत्नी सुजिता शाक्य धेरै महिना नेतृत्वको घेराबन्दीपछि नेतृत्वको होडबाट बाहिरिएकी छिन । पार्टीको नेतृत्वले उनलाई महासचिव बनाउन चाहेको भए पनि हलका अधिकांश बढी महिला नेतृ उनको विपक्षमा उभिएका थिए । उनीहरूले आफ्नो लविङ समेत गरेका थिए । सुजिता महासचिवबाट बाहिरिएपछि शंकर पोखरेलकी बहिनी मेनुका पोखरेल उपाध्यक्षमा चयन भएकी थिइन ।

उम्मेदवारीका लागि धेरै नेतृहरू तयार रहेको भए पनि अध्यक्ष मण्डलले सहमतिका नाममा बन्दसत्रमा प्यानल घोषणा गरेर उक्त प्यानलमा नपरेकाहरूका लागि उम्मेदवारीको फारम नै नदिने नीति सार्वजनिक गरेको थियो । त्यसपछि नाम सूचीकृत भएकाहरूले उम्मेदवारी दर्ता गरेर निर्वाचित भएका छन । १० वर्षपछि भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेपनि यस पटकको महाधिवेशन पनि विवादरहित हुन सकेन । असन्तुष्ट महिला नेतृहरूले यही शैलीले संघको गतिबिधि थप कमजोर हुने चेतावनी दिएका छन ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार ०८:००