५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

टेलिकमका सिम प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने

२६ चैत, काठमाडौं । नेपाल टेलिकमका सिम प्रयोगकर्ताहरूले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निःशुल्क चलाउन पाउने भएका छन् । नेपाल टेलिकम र हिमालयन बैङ्कको सहकार्यमा हिमालयन बैंकका ग्राहकले सो बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरेको हो ।

नेपाल टेलिकमले जारी गरेको विज्ञप्ति अनुसार गत चैत २० गते भएको सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र हिमालयन बैङ्कको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उज्वल राजभण्डारीले हस्ताक्षर गरेका थिए ।

नेपाल टेलिकमले बैङ्कका मोबाइल एप प्रयोगकर्ताहरूको सहजताका लागिसहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको र यसबाट धेरै ग्राहकहरू लाभान्वित हुने विश्वास लिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १६:०५