५ आश्विन २०८१, शनिबार | Sat Sep 21 2024

आइतबार कतिमा हुँदैछ सुनको कारोबार ?

२६ चैत, काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलका १ हजार ४४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : २६ चैत्र २०७९, आईतवार १०:५७