२८ माघ २०८२, बुधबार | Thu Feb 12 2026

लक्ष्मी क्यापिटलको एसआइपीका इकाई इसेवाबाट खरिद गर्न सकिने

२२ चैत, काठमाडाैं । लक्ष्मी क्यापिटल मार्केटले सञ्चालन गरेको शुभलक्ष्मी कोष अन्तर्गत सिस्टेमेटिक इन्भेष्टमेन्ट प्लान(एसआइपी) इसेवाबाट सजिलै खरिद गर्न सकिने भएको छ।

शुभलक्ष्मी कोष खुलामुखी योजनाको इकाइ पनि इसेवाबाट किन्न तथा भुक्तानी गर्न सकिनेछ। क्यापिटलमा दर्ता नभएका ग्राहकहरुले इसेवामार्फत नै रजिस्टार गरी खरिद गर्न मिल्नेछ।

इसेवा एप अथवा वेबपेजमा रहेको फाइनान्सियल सर्भिसेसभित्र गएर इन्भेष्टमेन्ट बटन छनोट गरी लक्ष्मी म्युचुअल फण्डको इकाइ अथवा एसआइपी योजनमा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।

इसेवा र इसेवा रेमिटले वैदेशिक रोजगारीमा गएकाहरुलाई पनि रेमिटेन्सको माध्यमबाट लगानीको व्यवस्था मिलाएको छ।श्रमिकहरुले पठाएको रेमिटेन्सलाई सहज रुपमा लगानी गर्न शुभलक्ष्मी कोषको योजन उपयोगी हुने जनाएको छ। इसेवामा हाल ७० लाख प्रयोगकर्ता रहेका छन्।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार ०८:५०