२ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026

सूर्योदय वोमी लघुवित्तको करिब १ लाख कित्ता सेयर बिक्रीमा, क-कसले किन्न पाउँछन् ?

२१ चैत, काठमाडाैं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाले केही संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न ४ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको करिब १ लाख कित्ता सेयर बिक्री गर्न लागेकाे हाे ।

संस्थापक सेयरधनीहरु डोलेन्द्र पौडेलको २७ हजार १८८ कित्ता, बालकृष्ण विश्वकर्माको २३ हजार ९९२ कित्ता, कृष्णबहादुर बी.के.को ८ हजार ५०३ कित्ता र लेखनाथ खनियाको ३९ हजार कित्ता गरि कुल ९८ हजार ६८३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ।

उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन्। सेयर खरिद गर्न इच्छुक लघुवित्तका विद्यमान संस्थापकहरुले ३५ दिनभित्र ललितपुरको महालक्ष्मी–४ स्थित संस्थाको कर्पोरेट कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको समयअवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रकाशित मिति : April 4, 2023 at 10:29 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/