१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

साेमबार यी हुन् सर्वाधिक कारोबार हुने कम्पनी

२० चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार सेयर बजारमा दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । सोमबार बजार १६.६७ अंकले घटेर १८७१.८८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

सेयर बजारमा गिरावट दृखिए पनि आज नबिल बैंकको सर्वाधिक काराेबार भएकाे छ । बैंककाे यस दिन ३ करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको २ करोड ९२ लाख, ग्लोबल आईमई बैंकको २ करोड ५३ लाख, हिमालयन डिष्टिलरीको २ करोड १७ लाख रुपैयाँ र अपि पावर कम्पनीको २ करोड ६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : April 3, 2023 at 3:18 pm