१७ जेष्ठ २०८३, आइतबार | Mon Jun 1 2026

पुँजीबजार सुधारको लागि अर्थमन्त्री महतलाई लगानीकर्ताले दिए ८१ बुँदे सुझाव

२० चैत, काठमाडाैं । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतसँग भेटेर सेयर बजारबारे सुझाव दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीसँग महतले सोमबार भेट गरी सेयर बजार उत्थानको लागि विविध सुझाव लिएका हुन् ।

लगानीकर्ताको टोलीले अर्थमन्त्री महतलाई पुँजी बजारको वर्तमान अवस्था र सुधारका लागि गर्नु पर्ने कार्यको लागि ८१ बुँदे सुझाव दिएका हुन् । पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलको आगमनले सेयर बजारमा देखिएको उत्साह महत भित्रिँदा भने सेलाएको छ।

लगानीकर्ताको टोलीले महतलाई विद्यमान समस्या अवगत गराउँदै सक्दो छिटो समाधानमा जोड दिन सुझाव दिएका छन्। उनीहरुले चुक्ता सेयर पूँजीको ४० प्रतिशत मात्र सेयर धितोको कर्जा दिन पाउने व्यवस्थालाई हटाएर कुल कर्जा लगानीको १० प्रतिशत धितो कर्जामा दिन पाउने व्यवस्था गर्न माग गरेका छन् ।

साथै, उनिहरूले मार्जिन ऋणमा १२ करोडको सीमा हटाउने र १५० प्रतिशत रहेको जोखिम भार १०० प्रतिशतमा झार्न आग्रह गरेका छन्। उनिहरूले पुँजीगत लाभ कर घटाउन माग गरेका छन् । १ वर्षभन्दा कम अवधि शेयर होल्ड गरेर बेच्ने लगानीकर्तालाई ५ प्रतिशत र १ वर्षभन्दा बढी समय होल्ड गरेर शेयर बेच्न लगानीकर्तालाई २ प्रतिशत लाभ कर लगाउन सुझाव दिएको हो ।

 

प्रकाशित मिति : April 3, 2023 at 1:44 pm