२३ आश्विन २०८१, बुधबार | Thu Oct 10 2024

कांग्रेस कार्यसम्पादन समितिको बैठक चैत १४ गते, यी विषयमा छलफल हुने

१३ चैत, काठमाडाैं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न चैत १४ गते पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

पार्टीको केन्द्रीय कार्यालय सानेपामा बिहान ९ बजे बस्ने बैठकमा पार्टीका तर्फबाट सरकारका सहभागी हुने मन्त्री र प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीका उम्मेदवारको चयनलगायत विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार ११:३२