२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

साेमबार पनि घट्यो सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे ?

१३ चैत, काठमाडाैं । साताकाे दाेस्राे काराेबारकाे दिन साेमबार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ५०० रुपैयाँमा काराेबार भएको छ।

आइतबार पनि सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँमा काराेबार भएको महासंघले जनाएकाे छ। आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : March 27, 2023 at 11:16 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/